काठमाडौं _ सरकारले सातै प्रदेशका प्रदेशप्रमुख पदमुक्त गरे लगत्तै आज नै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।
सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताए।
उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ।