काठमाडौं _ सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखको नियुक्ति आज नहुने भएको छ।
यसअघि प्रदेश प्रमुख आजै नियुक्त हुने भनेता पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि प्रदेश प्रमुख नियुक्त नगर्ने भएको हो।
नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक समेत बोलाएका थिए।