काठमाडौ _ लाइसेन्स नपाएपछि नेपाली क्लबले एएफसी कप खेल्न नपाउने भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार यस वर्ष लाइसेन्स जारी नभएपछि एएफसीको सहभागिता नहुने अवस्था आएको हो।
एन्फाले पठाएका १४ वटै ए डिभिजन क्लबलाई एएफसीले अस्वीकार गरेपछि नेपालको सहभागिता शून्य हुने भएको हो। एएफसी कपका लागि नेपाली फुटबल टिमहरु मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, न्युरोड क्लब र च्यासल युथ क्लबले आवदेन दिएका थिए।
एएफसीले केही समयअघि क्लबहरुलाई अनधिकृत रुपमा लाइसेन्स वितरण गरेको भन्दै मात्रै एन्फालाई जरिबाना गरेको थियो। अर्को वर्षका लागि एएफसीको सबै प्रकृया पूरा गर्दै नयाँ पद्धतिमा क्लबहरुलाई लाइसेन्स वितरण गर्ने एन्फाले बताएको छ।