एजेन्सी — हरेक देशमा विवाहका फरक फरक परम्परा हुन्छन्। तर अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो र आश्र्यजनक किसिमको रहेको छ।
कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्छ। इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ। धेरै देशमा दुई बिहे गैरकानूनी रहेकोमा ठानिन्छ भने यो देश्मा ठिक उल्टो रहेको छ।
इरिट्रीयामा दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही नै गरिन्छ। तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको सजय दिइन्छ।
महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा ,त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण बनाउनु परेको छ।
इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने कानुन रहेको छ।