विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुढीगंगा गाँउपालीका–१ मा सोमबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरू बाबु–छोरी हुन्।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को१ख ७२३२ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट बुढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय डाक्टर शुभलाल माझी र उनको छोरी २६ वर्षीया अञ्जलीकुमारी माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अञ्जली न्यूरो अस्पतालमा कार्यररत स्टार्फ नर्स हुन्। सुभलाल भने आँखा रोग विशेषज्ञ हुन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको विराट मेडिकल कलेज मृत्यु भएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।