काठमाडौं — नेपाल बैंकको प्रवक्तामा प्रकाशकुमार अधिकारी नियुक्त भएका छन्।
प्रवतामा नियुक्त गराएसँगै उनलाई प्रमुख सूचना अधिकारीसमेतको जिम्मेवारी तोकिएको छ ।
उपप्रबन्धक पदबाट नेपाल बैंकमा सेवा प्रवेश गरी विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल समेत गरेका छन् ।