काठमाडौं– निको कोभाचलाई बार्यन म्युनिखको प्रशिक्षकबाट हटाइएको छ। जर्मन क्लब म्युनिखले प्रशिक्षक निको कोभाचलाई पदबाट बर्खास्त गरेको जनाएको छ।
निको कोभाच क्रोएसियाका पूर्व मिडफिल्डर हुन्। उनी जुलाई २०१८ मा बार्यनको प्रशिक्षकमा नियुक्त भएका थिए। कोभाचको प्रशिक्षणमा बार्यनले गत सिजन जर्मन लिग र कप जितेको थियो। उनी प्रशिक्षक भएदेशि अहिलेसम्म बार्यन म्युनिखले ६५ खेल खेलेको छ जसमध्ये ४५ खेलमा विजयी भएको छ।
शनिबार बुन्डेजलिगामा बार्यनले फ्राङ्क फर्टसँग ५–० को लज्जास्पद हार व्यहोरेपछि उनलाई पदबाट हटाइएको हो। उक्त हार जारी सिजनको दोस्रो तथा बुन्डेजलिगामा बार्यनको १० वर्षकै सबैभन्दा ठूलो हार थियो।
क्लबका अनुसार प्रशिक्षक कोभाचसँगकाे छलफल पछि नै यो निर्णायक लिइएको हो।