काठमाण्डौ–केफ मावीमा अध्ययनरत पोखरा लामाचौरकी एलिना श्रेष्ठले मिस कलेज पोखरा २०१९ को उपाधि जितेकी छन्। पोखरा उद्योग वाणिज्य संघको हलमा भएको फाइनल प्रतिष्पर्धा उपाधि सहित उनले तीनवटा सवटाइटल पनि जितिन्।
एचबि प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगीतामा फस्टरर्नसअप सिम्रन वानिया र सेकेन्ड रर्नसअप रोजिना विश्वकर्मा बन्न सफल भए। भिवर च्वाइसको पुरस्कार करिना परियार तथा अर्गनाइजर च्वाइसको पुरस्कार सिर्जना केसीको हातमा प¥यो।
उपाधिका लागि १० जनाबिच प्रतिष्पर्धा भएको थियो। विभिन्न कलेजमा अध्ययनरत युवतीले भाग लिएको प्रतियोगीतामा उत्कृष्ट कलेजको ट्रफि केफ मावीले जित्यो। कलेज तर्फ फस्ट रर्नसअप गुरुकुल विद्याश्रम, सेकेन्ड रर्नसअप पोखरा युनाइटेड एकेडेमी बन्यो।