गुल्मी – शनिवार गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै शवको पहिचाहन हुन सकेको छैन्।
चन्द्रकोट गाउँपालिका–३ पोखरीको जंगलमा भेटिएका शवको अझैं पहिचाहन नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएपी मिनबहादुर घलेले बताए।
शवको टाउकोमा गम्भीर चोट छ। घटनास्थल नजिकै हम्मर (घन) भेटिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमपछि धेरै दिन गुल्मी अस्पतालमा राख्न समस्या भएपछि पाल्पा अस्पताल पठाइएको छ। प्रहरीले शव पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरेको छ। तर, अहिलेसम्म कोही सम्पर्कमा आएका छैनन्।
शवको पहिचाहनका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा खुल्ने सक्ने उनले बताए ।
तीन वटा शव मध्ये एउटा २८र२९ वर्षे महिला र र २ वटा ८ देखि १० वर्षका बालिकाको रहेको प्रहरीले बताएको छ।
कच्ची सडकभन्दा ४ मिटर टाढा महिलाको शव भेटिएको थियो भने एक–एक मिटर टाढा दुई बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरु मंगोलियन अनुहारका छन्।
शव फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टापछि मात्रै पुग्न सकिन्छ। घटना भएको स्थान बाग्लुङ जिल्ला नजिक पर्छ।