भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) का उम्मेद्वारकाे विषयमा असन्तुष्टि देखिएको छ। नेकपाले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेपनि कार्यकर्ताले विरोध जनाएका छन्।
आइतबार बसेको नेकपा सचिवालय बैठकले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने तय गरेकाे थियो। तर त्यसमा असन्तुष्टि जनाउँदै चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
नारा जुलुससहित पार्टी कार्यलय पुगेका कार्यकर्ताले ढकालको उम्मेद्वारी स्विकार्य नहुने बताएका छन्। हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव रहेका ढकाल २०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा उम्मेदवार रहेका थिए।