काठमाडाैं – सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ।
लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिए।
जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्लामा प्रदर्शन गरिएकोमा ४० हजारले अवलोकन गरिसकेको उहाँले बताए। हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी रहेको उक्त चलचित्र नेपालबाहिर पनि देखाइने बताइएको छ।
रू. ८० लाखभन्दा बढी खर्च भएको चलचित्र अब चलचित्र घरमा समेत प्रदर्शन गरिने जनाइएको छ। लिम्बू विद्यार्थी मञ्चको संयोजनमा इलाममा चलचित्र प्रदर्शन गर्न लागिएको हो। रासस