काठमाडौं–बरिष्ठ लोक गायक नारायण रायमाझीलाई मौलिक गीतका पिता मानिन्छ। उनका असङ्ख्या कालाजयी सृजनाहरुले सबैको मन जित्न सफल भएका छन्।
लोक गीत भनेको जुनसुकै पनि बस्तीहरुका लोकको जन जिब्रोमा झुण्डिएको हुन्छ, त्यसलाई धार परिवर्तन भयो भनेर विगार्न नहुने मान्यता राख्ने यी सर्जकका सृजनाहरु काल्पनिक भन्दा यथार्थपरक हुन्छन्। उनले ‘गोरखा पल्टन’ र परदेशी फिल्ममा पनि समाजमा घटित कथाबस्तुलाई नै उठाएका थिए।
पछिल्लो समय गीत संगीतको बजार जति नै धेरै माथि उठ्यो भनेतापनि धेरै अग्रज कलाकारहरु का आवाजमा त्यति गीतहरु बजारमा आएका छैनन्। जति निरन्तरता छ नयाँ कलाकारहरुकै छ।अहिले बजारमा चलेका गीतहरु नितान्त फिल्मी गीतका शैलीमा बनेका छन्, र तिनै गीतहरुले लोकप्रियता हाँसिल गरेका छन्।
बोल माया, गलबन्दी र कपल’ कोरेर जस्ता गीतहरु अहिले अत्याधिक चलेका गीत भन्दा अलि फरक छन्. त्यो मध्येकै एक उत्कृष्ट गीत ‘निरमाया ठूली’ हो। नारायण रायमाझीको शब्द,संगीत, स्वर नारायण रायमझी र कमला पोखेरेलको रहेको छ। श्याम श्वेत रसाईलीको रेकर्डिङ् र मिक्सिङ् रहेको यो लाईभ रेकर्ड गीतले अहिले बजारमा महङ्गो लगानीमा बनेका गीतहरु भन्दा बढी दर्शकरुको माया बढी पाउँन सफल भएको छ।
जुन गीतले अहिले बजारमा धेरै लगानीमा मात्र राम्रो गीत बन्न सक्छ भन्ने मान्यतालाई चिरफार गरेको छ। ताकि हामीले आधुनिकिकरण कति सम्म बन्ने र ठेट मौलिक कुरालाई कतिको महत्व दिने भन्ने बिषयमा यसले अझ चुनौती दिएको छ। जुन गीतमा समाबेश केही शब्दहरु
केटा ःएउटा आखा कर्णालीको उर्ली आउने भेल अर्को आखा कोशि छ
रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ
केटिः–रातो भन्नु सिम्रीक टिका सिउँदो भर्ने सिन्दुर पहेलो बेसार
सम्झी काटे मैना वर्ष रुदै काटे जोवन आफ्नो भन्नु केछर
केटाः–काकरीलाई थाकरी त बाखरीलाई खोर मायालुलाई दरीबार
मनमा हजार रहर बोकि परदेश आय प्यारी सपनी भो घरीबार
केटिः–मोहिमाथी नौनी घिउ त पानी माथी तेल दुधमाथी लाग्यो तर
मनको धोको मनमै रह्यो रहर मरी गयो अब लाउने छैन कर
अहिले यी शब्हरु सबैको जनजिब्रोमा झुण्डिन सफल भएका छन्। त्यसैले खास सर्जले बजारमा जे चलिरहेको छ त्यसलाई प्राथमिकता सबैले दिन्छन् तर त्यो बिचमा जसले फरक स्वाद ल्याउँछ, त्यो सबैको लागि स्वादिलो हुन्छ भन्ने कुरा यो गीतले प्रमाणित गरेको छ। पछिल्लो समयर्मा निरमाया ठूली’ पनि फरक स्वाद हो। यस्ता गीतहरुले सधैं हाम्रो मौलिक कला र सँस्कृतिलाई झल्काउने काम गर्दछन्। गीत रिमा ईन्टरटेन्मेन्ट को अफिसियल यूटूब च्यानलबाट बजारमा आएको छ।
https://www.youtube.com/watch?v=tyuGN_V_5uo