एजेन्सी– बलिउड नायक शाहरुख खानका यो बर्ष कुनै पनि चलचित्र रिलिज नहुने पक्का छ। किनकी, यो बर्ष सकिन अब २ महिना मात्र बाँकी छ, तर, शाहरुखले कुनै पनि नयाँ चलचित्र साइन गरेका छैनन्। उनको अर्को बर्ष पनि चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने दुविधा उनका फ्यानमा छ। तर, शाहरुखले भने अर्को बर्ष चलचित्र ल्याउने पक्का ल्याउने कुरा व्यक्त गरेका छन्।
उनले,आफ्नो ५४ औं जन्मदिन मनाउने क्रममा भने ,मैले नयाँ चलचित्रका लागि केही समय लगाएँ। यसका केही कारण छन्। अब, म चाहन्छु कि मैले काम गर्ने चलचित्र मलाई मात्र मन नपरोस् जसले तपाईँहरुलाई पनि भरपुर मनोरञ्न दिन सकोस्। यसैले पनि मैले समय लगाएको हुँ।’
शाहरुखले नयाँ चलचित्रका लागि समय लिएको बताउँदै अर्को बर्ष दर्शकमाझ आउने वाचा पनि गरेका छन्। उनले भने,‘मैले मेरो छोरा आर्यनका लागि संझनलायक केही चलचित्रमा काम गरेँ। तर, कान्छो छोरा अब्राहमले संझने खालका चलचित्रमा मैले काम गरेको छैन। यसैले, अब अब्राहमले उसको पिता किन यति ठूलो स्टार हो भनेर वुझ्ने चलचित्रमा काम गर्छु।’
शाहरुखले आफ्नो नयाँ चलचित्रको काम सुरु भएपछि दर्शकलाई जानकारी गराउने बताएका छन्। उनले, साउथ चलचित्रका केही निर्देशकसँग काम गर्न लागेको चर्चा नचलेको होइन। तर, जन्मदिनमा शाहरुखले यो बिषयमा कुनै पनि कुरा खुलाएका छैनन्। तर, आउँदो बर्ष चलचित्र रिलिज गर्ने र त्यो एक्सन, कमेडी मिश्रित हुने उनको तर्क छ। यसले उनका फ्यानलाई भने ठूलै राहत दिएको छ।