काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) र नेपालबीचको खेल जारी छ। पहिले ब्याटिङ गरेको एमसीसीले नेपाललाई २ सय २ रनको विजयी लक्ष्य दिएको छ।
नेपाल अहिले जवाफि ब्याटिङ गरिरहेको छ। खराब शुरुवात गरेको नेपालले ओपनर शुसान पाण्डेलाई ४ रनमा गुमाएको थियो भने कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भएका थिए। त्यसपश्चात क्रिजमा आएका थिए हरद भेषवाकर र दिपेनद्र सिंह ऐरी।
नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा ७९ रन बनाउँदा स्थिति सामान्य नै थियो। त्यसपश्चात शरद व्यक्तिगत २४ रनमा आउट भए भने लगत्तै दिपेन्द्र २३ रनमा पवेलियन फर्किए।
आरिफ शेख २३ रन बटुल्दै आउट भएका छन् भने विनोद भण्डारी २३ रन बनाएर क्रिजमा छन्। उनलाई साथ दिन क्रिजमा पवन सरार्फ आएका छन्। जारी अवस्थामा नेपालले २८ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको छ।