काठमाडौं–लोकप्रिय गायिका मेलिना राईले सबै खालका गीतहरुमा उत्तिकै स्वर दिएकी छिन्। पछिल्लो समय लोकदोहोरी गीतमा उनको आवाज धेरै सुनिँदै आएको छ।
उनको आवाजमा रहेका थुप्रै लोकदोहोरी गीतहरु चर्चामा रहेका छन्। भर्खर मात्र बजारमा आएको भद्र नकालको शब्द,संगीतमा रहेको ‘चौतारीलाई सितल’ गीतमा मेलिना सँगै पुरुष आवाजमा रामु खड्काले आवाज दिएका छन्।
माया र पिरती भनेको चौतारीलाई पिपल छायाँले सितल दिए जस्तै एकले अर्कोलाई साहारा दिने वा भरोसा योग्य हुनुपर्छ भन्ने गीतको भाव रहेको छ। जसमा लोकप्रिय नायक उमंग श्रेष्ठ र सपना फुँयालको नृत्य रहेको छ। गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन्।
नायक उमंग श्रेष्ठ पछिल्लो समय रुचाईएका नायक हुन्। मेलिना राई र खुमन अधिकारीको आवाजमा रहेको ‘कुहुँ ,कुहुँ कोईली कराउने’ गीतमा पनि उमंगलाई दर्शकले निकै रुचाएका थिए। छोटो समयमा दर्शकको मन जित्न सफल यो गीतले पनि उमंगलाई थप दर्शकको माया दिलाउँछ भन्ने आशा गरिएको छ। अमित बाबु रोकायको यूटूब च्यानलबाट सबत्र बजारमा उपलब्ध छ।
https://youtu.be/QJ2Ta7uggf0