काठमाडौं– चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’ को फस्टलुकसँगै प्रदर्शन मिति पनि तय गरिएको छ। केही दिन अगाडि मात्र छायांकन सकिएको यो चलचित्रलाई फागूणको ९ गते रिलिज गर्ने तयारी गरिएको छ।
चलचित्रको फस्टलुकमा मुख्य कलाकार सिताराम कट्टेललाई
मात्र देख्न सकिन्छ। रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तुको बिषयमा केही पनि खुलाइएको छैन।
तर, सिताराम र कुञ्जनाको जोडी भएकाले दर्शकमा उत्सुकता पैदा हुने आशा गरिएको छ। चलचित्रमा यी दुइको अलवा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका चर्चित कलाकारको मुख्य भूमिका छ।
निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ। मेरी बास्सै पछि पर्दामा नदेखिएका यो जोडीलाई हेर्नको लागि दर्शक आत्तुर छन्।