एजेन्सी– चर्चित बलिउड नायिका प्रियंका चोपडाको एउटा इन्स्टाग्राम पोष्टले अहिले चर्चा पाइरहेको छ। प्रियंका भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणले दिक्क छिन्। उनले इन्स्टाग्राममा एउटा पोष्ट गर्दै दिल्लीमा सुटिङ गर्न निकै नै मुश्किल भईहेको कुरा उल्लेख गरेकी छिन्।
प्रदुषण बढेपछि मास्क लगाउँदै उनले लेखेकी छिन्,‘यहाँ अहिले चलचित्र छायांकन गर्न निकै नै गाह्रो भईरहेको छ। यस्तो अवस्थामा यहाँ रहन र बाँच्न कत्तीको मुश्किल भईरहेको होला, त्यो कुराको म कल्पना समेत गर्न सक्दिनँ।’ उनले घर नै नभएकाहरुका लागि प्रार्थना गर्न पनि आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्,‘घर नै नभएकाहरुको अवस्था के होला, उहाँहरुका लागि प्रार्थना गर्नुहोस्। सबैजना सुरक्षित रहनुहोला।’
दिन प्रतिदनि दिल्लीमा प्रदुषण उच्च भएपछि अहिले बलिउडका कलाकारले पनि यसतर्फ सचेतना बढाउने काम गरिरहेका छन्। विगत केही दिनदेखि दिल्लीको हावामा प्रदुषण उच्च छ। जसकाकारण, मानिसहरुलाई हिडडुल गर्नका लागि नै समस्या भएको बताइन्छ।
अहिले, प्रियंका दिल्लीमा ‘दि ह्वाइट टाइगर’ को छायांकन गरिरहेकी छिन्। यो चलचित्र अर्विनद अडिगाको नोवेल पुरस्कार प्राप्त पुस्तकबाट यो कथा लिइएको हो। यो चलचित्रले चिया वेच्ने एक गाउँले मानिसको कथालाई भन्नेछ। चलचित्रमा राजकुमार रावको पनि मुख्य भूमिका रहेको छ।