एजेन्सी– भारतीय अभिनेता गोविन्दा नेपाल आउने भएका छन्। उनी ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ।
नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटन कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्। सो कार्यक्रममा गोविन्द उनी विशेष अतिथिको रूपमा निमन्त्रित छन्। उनी कार्तिक १९मा नै नेपाल आउने आयोजकले जानकारी दिएको छ।
महोत्सव तीन दिनसम्म चल्नेछ। सो महोत्सवमा नेपाली फिल्म निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुने बताइएको छ।