काठमाडौं– गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको स्थानीय संस्कृतिमा आधारित ‘मकै विवाह’ फिल्म पुस्कृत भएको छ।
हालै मात्र काठमाडौंमा भएको आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको उक्त फिल्मलाई आदिम फिल्म क्रियटिभ पुरस्कार दिइएको हो।
पाँच मिनेट लामो फिल्म कान्तिपुर टेलिभिजनका गोरखास्थित संवाददाता भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेका हुन्।
प्रत्येक बर्ष बारीमा मकै रोप्नुअघि लाप्राकलगायत गाउँका बासिन्दाले साइत हेराएर मकै विवाह गर्छन्।