काठमाडौं– विविधतामा एकता नेपाली सँस्कृतिको विशेषता हो। यही लक्ष्य लिएर आयोजना गरिएको कार्यक्रम ‘सप्तरंग २’ को सुरुवात विर्तामोडबाट हुने भएको छ।
२० गते विर्तामोडबाट सुरु भएको यो कार्यक्रम मंसिर ४ मा पोखरामा पुगेर सकिनेछ। आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपाल सरकारको भिजिट नेपाल अभियानलाई समेत यो कार्यक्रमले साथ दिने बताए।
यसपटक यो यात्रामा महानायक राजेश हमाल, गायक सुगम पोखरेल, हाँस्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर, प्रकाश सपुत र नेपाल आईडल रवि ओड हुनेछन्।
दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिने कार्यक्रममा जानकारी गराइएको थियो। विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ।
काठमाडाैं मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक राजेश हमालले भने,‘यो कार्यक्रम खास छ। अप्रत्यक्ष रुपमा दर्शकमाँझ पुगिरहेका हामी यसपटक भने दर्शकसँग प्रत्यक्ष रुपमा पुग्दैछौ, यसैले यो खुशीको कुरा हो। यो कार्यक्रमले हामीमा भएको विविधतालाई सम्मान गर्ने साथै एक अर्कामा मजबुत बनाउने काम गर्छ।’