चितवन _ घरमै रहेको बाल्टिनमा डुबेर चितवनमा एकजना बालिकाको मृत्यु भएको छ।
राप्ती नगरपालिका वडा नम्बर ३ बस्ने बिशुलाल लोप्चनको एक वर्षीया छोरी सोनिया लोप्चन खेल्नेक्रममा घरमा भरी पानी भएको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी शालिकराम पौडेलले जानकारी दिए।
डुबेर गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको पौडेलले बताए। उनको शव परीक्षणको लागि भरतपुर अस्पताल पठाउन लागिएको छ।