काठमाडौं_ साइकलयात्री रञ्जितद्वारा आमादब्लम हिमालको सफल आरोहण गरेका छन्। उनले (६ हजार ८ सय १२ मिटर) अग्लो हिमालको सफल आरोहण गरेका हुन्।
उनी गत मंगलबार आमादब्लम हिमालको चुचुरोमा पुगेको पिक प्रमोशन प्रालिले जानकारी दिएको छ। ३३ वर्षिय साह एक महिनाअघि साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए।
भ्रमण वर्षको प्रचारप्रसार गर्ने भन्दै उनले आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने लक्ष्य राखेका छन्। सगरमाथा आरोहणको तयारी क्रममा पिक आमादब्लम हिमालको आरोहण गरेको पीक प्रमोशन प्रालिले जनाएको छ।
साहले आमादब्लम चढेपछि सगरमाथा आरोहण गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिए। उनी जनकपुरमा पान पसल गरी जिविकोपार्जन गर्छन्।