काठमाडौं– कलिलै उमेरमा एकल सांङ्गीतिक प्रस्तुति दिईसकेकी गायिका हुन् स्मिता दाहाल। अहिले पनि उनी अविछिन्न रुपमा गीत संगीतमा लागिरहेकी छिन्। उनले एकपछि अर्को विभिन्न गीतमा स्वर दिदै आएकी छिन्।
यसपाली उनलाई चर्चित गीतकार तथा संगीतकार टंक बुढाथोकीले स्वरमा साथ दिएका छन्। टंक र स्मिताको गीतमा कार्टुन्ज क्रुले नृत्य गरेको छ। जसको नाम भनिरहनु परेन, चर्चित सांगीतिक समूह हो कार्टुन्ज क्रु। उक्त म्युजिक भिडियो हालै सार्वजनिक भयो। सरोज ओलीले निर्देशन गरेको म्युजिक भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन्।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दिपक शर्माको संगीत, रहेको छ। उक्त गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।
https://youtu.be/pzHtSruuyFs