एजेन्सी– एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा रहने शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष पत्तालागेको छ।
वेल्स स्थित प्रोफेसर डोलानले लन्डन स्कुल अफ इकोनोमिस्क मा यवहारिक विज्ञानका शिर्ष विश्लेषक हुन्। यस अध्ययनबाट सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए। यी विषयहरु खुसी एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको उनको भनाइ छ।
उनको खोज तथा विश्लेष्ण अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसीरहेका छन्। उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्त्क्रियाबारे जानकारी दिन नसक्दा विवाहबारे अध्ययन गरेपछि यो तथ्य पत्तालगाएका हुन्।
महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन। यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन्।
केही समय अगाडि मात्र इतिहास विद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो। यसमा तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो। जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी प्रष्ठ पारेका छन्।