उदयपुर–ससुराली जाँदै गरेका एक युवक नदीले बगाएर बेपत्ता भएका छन्। खोटाङको सावामझुवा गाउँपालिका–६ घर भएका सुवास बिक त्रियुगा नदीले बगाएर बेपत्ता भएका हुन्।
सोमबार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढामा रहेको आफ्नो ससुराली घर जाँदैगर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर ४० वर्षीय बिक बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
बेपत्ता बिकको स्थानीयवासीहरूको समेत सहयोगमा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।