दाङ – नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ। यद्यपि सो गाडीमा चौधरी थिइनन्।
सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो। सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ।
चालक रतन चौधरी सकुशल छन्। उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन्।
गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए।
सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ।