काठमाडौं–विगत लामो समय अगाडिदेखि प्रदर्शन मिति सार्दै अन्यौलमा रहेको चलचित्र ‘सुस्केरा’ अब भने रिलिज हुने भएको छ। यो चलचित्रल पौष १८ गतेबाट रिलिज हुने भएको छ। चर्चित निर्देशक साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गरेका हुन्। चलचित्र निर्माण भएको केही बर्ष भएपनि रिलिज भने हुन सकेको थिएन। प्राविधिक कारणले रिलिजमा ढिलाई भएपनि विषयवस्तुमा भने असर नपर्ने निर्माणपक्षको दाबी छ।
चलचित्रमा नायिका सुरक्षा पन्त र स्वरूप पु ढकालको मुख्य भूमिका रहेको छ। यो चलचित्रले सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको थियो। एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको चलचित्रमा कलाकारहरु मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि मुख्य भूमिका छ। ‘प्रेम भन्ने बितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास चलचित्रमा गरिएको छ’ निर्देशक साम्तेनले भनेका छन्।
नायक ढकालले चलचित्र खेल्न आएको अफर आफुले अस्विकार गर्न नसकेर अभिनयमा आएको बताए। ‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यो चलचित्रमा नायक बन्न उत्साहित गरेको कुरा उनले बताए।