एजेन्सी— वेलायतको युनिभर्सिटी अफ साउथएम्पटनका अनुसन्धानकर्ताहरुले अरबौं वर्षसम्म डाटा सुरक्षित राख्न सकिने विचित्रको डिस्कको आविष्कार गरेका छन्।
धेरै समयावधिसम्म रचनाहरु, सिर्जनाहरु, फोटाहरु, भिडियोहरु सुरक्षित गरेर राख्न साकिने यो डिस्क सिसाले बनेको छ।
आकारमा सानो खालको यो डिस्कमा डाटाहरु लेजरको मद्दतले लेखिने गरिन्छ। पाँच आयामिक डिजिटल डाटा (Five-dimensional (5D) नाम दिइएको छ। यो प्रविधिको प्रयोग गरेर १३.८ अरब वर्षसम्म सुरक्षित हुने गरी डाटाहरुलाई संग्रहित गर्न सकिन्छ।
त्यो एउटै डिस्कमा ३६० टेराबाइट डाटाहरु संग्रहित गर्न सकिन्छ। यो भनेको एउटा कम्प्युटरमा जडान गरिएको हार्डडिस्कको क्षमता १ टेराबाइट मान्ने हो भने ३६० वटा कम्प्युटर हार्डडिस्कमा संग्रहित गर्न सकिने डाटा बराबरको क्षमता हो।
वैज्ञानिकहरुले त्यस्तो डिस्कमा मानवाधिकारको विश्वव्यापी घोषणापत्र, म्याग्नाकार्ट, राजा जेम्सको बाइबलहरु संग्रहित र सुरक्षित गरिसकेका छन्।