काठमाडौं–चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द्ले मेडिकल शिक्षाका नाममा भइरहेको आन्दोलन दवाउन र विगतमा भएका सहमति–सम्झौता कार्यान्वयन गर्नुको साटो न्युनेटर हरिसले बसुरुदिन जस्ता माफियाको चक्करमा लागेर आफु फस्ने खाडल आफै खन्दै हिड्न थालेको बताएका छन्।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा समेत रहेका उनले भने, ‘न्युनेटर हरिस बसुरुदिनबाट सिक्दैछन्। माफियाको सुत्र तर परिपक्क हुन अझै जानेका छैनन् ।
हरेक पटक सपनामा झस्किएर बिहान उठेर हतपतमा पत्रकार समेलन गर्छन् अनि आफै फस्ने नयाँ नयाँ शब्दहरु बोल्दै जान्छन्।’ केही दिनअघि चितवन मेडिकल कलेजले एकतफी रुपमा पत्रकार सम्मेलन गरि बढी लिएको पैसा समायोजन गरिने जनाउँदै विभिन्न शिर्षकमा सो रकम समायोजन गरिने बताएको थियो।
‘विद्यार्थीमा भ्रम छरी हरिस जसरी पनि आन्दोलन दवाउने र बिद्यार्थीको पैसा पचाउने याजनामा छन्, तर यो सम्भव छैन,’ चन्दले भने।समितिले अव काठमाण्डौमा संर्घष गर्ने र डा गोबिन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागी बिद्यार्थीले पनि संर्घष चर्काउने जनाएको छ।
यता चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै आएका डा. केसीले सरकारले सम्झौता उल्लंघन गरेको भन्दै सोमबारदेखि डडेल्धुरामा १७ औँ अनशन सुरु गरेका छन्।