एजेन्सी — अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकुविरुद्ध अफगान सेनाले गरेको कारबाहीमा कम्तीमा १२ तालिबान लठाकु मारिएका छन्।
लडाकु विमानले तालिवानलाई लक्षय गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताएका छन्। यस हवाई कारबाहीमा अन्य पाँच लडाकु घाइते भएका पनि जानकारी दिइएको छ। यसक्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन।
अफगानस्थानको राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकु समुहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन।