काठमाडौं–लोकप्रिय गायक योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’ बोलको गीत सार्वजनिक भएको छ।

सर्वाधिक रुचाईको कार्टुन क्रु समूहको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
केही दिनअघि मात्रै रिलिज भएको गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङको ७ औं स्थानमा आइसकेको छ।
गीतको भिडियोमा कार्टुन क्रूका सरोज अधिकारी र आश्मा विश्वकर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
बुद्ध थापाले खिचेको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्।
गीतलाई नेपालकै उच्च क्वालिटिको स्टुडियो राग स्टुडियोमा रेकर्ड गरिएको हो।
आशिष अविरलको संगीत र संगीत संयोजन रहेको गीतलाई एकनारायण भण्डारीले लेखेका हुन्।
आशिषले यसअघि ‘नाइँ मलाई था छैन’, ‘मीठो सारै मीठो’, ‘लाउनेले नजर लगायो त’, ‘माया लुकीलुकी’, ‘मेरो दुनियाँ बेग्लै छ’, ‘यो कुरा गोप्य’ लगायतका गीतमा संगीत र संगीत संयोजन गरिसकेका छन्। यो बर्ष धेरै अवार्ड हात पार्न पनि उनी सफल भएका छन्।
https://www.youtube.com/watch?v=8z-SB_KhKz8