फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। उक्त लाेगाे विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको छ। सो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर मा देखिन्छ।
फेसबूकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको छ। नीलो रंग फेसबूकका लागि, हरियो रंग ह्वाट्यापका लागि र गुलावी रंग इन्स्टाग्रामका लागि हो। ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि नयाँ लोगोलाई प्रयोग गरिने छ।
यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन। फेसबूकको नयाँ लोगो सम्भवतः अबको केही हप्तामै प्रयोगमा ल्याइने छ।
