एजेन्सी– च्याम्पियन लिगको समुह चरणको अन्तिम खेल अन्तर्गत आज राति ईएफएचको जाइन्ट क्रमस लिभरपुल,बार्सिलोना र चेल्सी भिड्दै छन्।
बार्सिलोना भर्सेस स्लाभिया
स्पेनिश च्याम्पियन बार्सिलोना मंगलबार आफ्नो होम मैदानमा स्लाभियासंग खेल्नेछ। अर्नेस्टो भाल्भर्डेको पक्षले शनिबार लेभन्तेमा ला लीगा पराजयको सामना गर्नुपर्यो। लोभिया प्रागलाई घर फर्काउने लक्ष्य राख्नेछ। समुह चरण अन्तर्गत च्याम्पियन लिगको ३ गेम खेल्दै बार्साले ७ अंक जोड्दै समुह एफ अन्तर्गत अग्र स्थान छ भने स्लोभिया १ अंक सहित चौथो स्थानमा छ। नेपालि समय अनुसार खेल ११ः४० मा सुरु हुनेछ। अन्तिम खेलमा बार्सिलोनाले२–१को गोल अन्तरले स्लाभियालाई पराजित गरेको थियो।
लिभरपुल भर्सेस गेंक
समुह ई अन्तर्गत च्याम्पियन लिग अन्तर्गत लिभरपुल र गेंक आज राति नेपालि समय अनुसार १ः४५मा खेल सुरु हुनेछ। यो खेल लिभरपुलको होम मैदान अन्फिएल्ड हुनेछ। ई समुह अन्तर्गत ६ अंक सहित लिभरपुल दोश्रो स्थानमा छ भने नेपोलि ७ अंक जोडेर अग्र स्थानमा छ। गेंक १ अंक जोड्दै चौथो स्थानमा छ। लिभरपूल गेंकलाई जितेर नकआउट चरणको लागि क्वालिफिकेसनको नजिक कदम बढाउन सक्दछ र फेलिस मज्जूको(गेंक) टीमलाई अन्तिम पटक च्याम्पियन्स लिगमा ४–१ ले हराएको थियो।
चेल्सी भर्सेस एज्याक्स
समुह चरण एच अन्तर्गत अन्तिम खेलमा बुधवार राति १ः४५ मा चेल्सी र एज्याक्स भिड्दै छन्। दुवै टोलीले ३ खेल खेल्दै ६–६ अंक जोडेका छन्। सामान अंक भएपनि समुह तालिकामा चेल्सी अग्र स्थानमा छ गोल अन्तरले।च्याम्पियन लिग अन्तर्गत अन्तिम खेलमा मिल्की बाथुवाईले एक गोल गर्दै एज्याक्सलाई हराएक थिए। चेल्सी १–० एज्याक्स। आज रातिको खेल चेल्सीको स्ट्यामफोर्ड ब्रिजमा हुनेछ।