एजेन्सी–भारतीय गुप्तचर निकायले सात आतंकवादी नेपालको बाटो हुँदै भारत छिरेको दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यमले भारतीय गुप्तचरलाई उदृत गर्दै ७ आतंकवादी नेपाली भूमि हुँदै भारतको उत्तर प्रदेश राज्यमा प्रवेश गरेको समाचार प्रकाशन गरेका हुन्।
भारतीय मिडिया आजतकले गुप्तचर निकायले सात आतंकवादी हालै नेपालको बाटो हुँदै भारततर्फ प्रवेश गरेको सूचना दिएको जनाएको छ। नेपाली भूमि हुँदै भारत प्रवेश गरेकामध्ये पाँच जनाको पहिचान पहिचान खुलेको छ जसमा अबु हमजा, मोहम्मद याकुब, निसार अहमद, मोहम्मद शाहबाज र मोहम्मद कौमी चौधरी रहेको आजतकको दाबी छ।
खबरका अनुसार उत्तर प्रदेशकै अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदसम्बन्धी विवादमा अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा आतंकवादी हमलाको खतरा बढेको छ। भारतको उत्तर प्रदेश राज्यमा प्रवेश गरेको समाचार प्रकाशन गरेका हुन्।