एजेन्सी– हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ। नायक सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ। जसले
सञ्जय लीला भन्सालीको लोकप्रिय फिल्म ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन्। साथै अर्जुन कपूर र कृति सेननलाई पनि दमदार भूमिकामा देखाइएको छ।
यो फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ। जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो। पानीपतको युद्धलाई १८ औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण युद्धमध्ये एक मानिन्छ। सो युद्धमा आधारित फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन्।
आशुतोषले यसअघि लगान, स्वदेश, जोधा अकबर लगायतका फिल्म बनाएका थिए । ‘पानीपत’ मा एक्सन, संवाद र फिल्मको सेटले दर्शकको ध्यान राम्ररी तान्ने पक्का छ।
https://youtu.be/zpXnmy-6w1g