काठमाडौं — मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका थिए।
पछिल्लो समय राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलनमा उत्रिएका हुन्। चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज युनिभर्सल मेडिकल कलेज भैरहवालगायतमा आन्दोलन भइरहेको छ।
साथै बिद्याथिहरु माथि हातपात गरेको समेत बताइएको छ। उनीहरु आफ्नो माग पुरा नभएसम्म आन्दोलनमा उत्रीने चेतावनी समेत दिएका छन्।