‘फाइभ जी’ अर्को पुस्ता (पाँचौ पुस्ता) को मोबाइल इन्टरनेट सम्पर्क हो, जसले अत्यन्त तीब्र गतिमा डाउनलोड र अपलोड हुने, बढी कभरेज हुने र धेरै स्थीर सम्पर्क दिने बाचा गरेको छ। यसले इन्टरनेटमा डाउनलोडहरु अहिले भन्दा १० देखि २० गुणा छिटो हुने मानिएको छ।
यसले रेडियो स्पेक्ट्रममा सुधार गरेर काम गर्छ। साथै यसको सहयोगले अत्यन्त धेरै उपकरणहरुबाट एउटै समयमा मोबाईल इन्टरनेटमा पहुँच हुन सम्झव छ।
मोबाइल डाटा एनालिटिक कम्पनीको ओपन सिग्नलकी इयान फगले भने “अहिले हामीले स्मार्टफोनबाट जे जति गर्छौं, ती कामहरु ‘फाइभ जी’ बाट छिटो र राम्रोसँग गर्न सक्षम हुन्छा भिडियो कल बढी स्पष्ट हुनेछ। इन्टरनेट भिडियो अब लगभग कुनै अवरोध बिना चल्नेछ। अझ मोबाइलमा गेम खेल्नेहरुले कन्ट्रोलरमा बटन थिच्दा र स्क्रिनमा इफेक्ट हेर्न थोरै मात्रै बिलम्ब भोग्नु पर्नेछ।
पूरा विश्व नै मोबाइलमा क्रमशः स्थानान्तरण हुँदैछ। भिडियो र सङ्गित स्ट्रिमिङ्गको लोकिप्रियतासँगै हामी प्रत्येक वर्ष धेरै डाटा उपभोग गरिरहेका छौं। यसले विद्यमान स्पेक्ट्रम ब्याण्ड जाम हुन थालेको छ। विशेष गरी एकै क्षेत्रमा धेरै मानिसहरुले इन्टरनेट सेवा प्रयोग गर्दा त्यस्तो हुन्छ। ‘फाइभ जी’ ले हजारौं उपकरण पनि धान्न सक्छ। यसमा मोबाइलदेखि उपकरण सेन्सर, भिडियो क्यामेरादेखि स्मार्ट सडक बत्ती पर्छन्।
उच्च फ्रिक्वेन्सी ब्याण्ड (३.५ गिगाहर्जदेखि २६ गिगाहर्ज) वा अझ बढी धेरै क्षमता रहेका तर छोटो तरङ्ग–लम्बाइको अर्थ त्यसको ‘रेन्ज’ सानो हुनेछ। यस कारण यसलाई सजिलै भौतिक वस्तुहरुले ब्लक गर्न सक्छ। त्यसैले हामीले भावी दिनमा ‘फाइभ जी’ सेवाका लागि स–साना फोनका खम्बाहरु जमिनको नजिक देख्न सक्ने सम्भावना छ। यसले ‘मिलीमिटर वेभ’ उच्च सङ्ख्याको ट्रान्समिटर र रिसिभरमा प्रसारण गर्छन्। यसले उच्च घनत्वको प्रयोगलाई सक्षम बनाउँछ। तर यो महङ्गो पर्छ र टेलिकम कम्पनीहरु अहिलेसम्म यसमा पूर्ण प्रतिबद्ध देखिएका छैनन्।
यो एकदम नयाँ रेडियो प्रविधि हो, यो ‘फोर जी’ भन्दा धेरै फरक हुनेछ। तर सुरुमै धेरै उच्च स्पीड नदेख्न सकिन्छ किनकी ‘फाइभ जी’ लाई नेटवर्क संचालकहरुले प्रारम्भमा उनीहरुको विद्यमान ‘फोर जी’ नेटवर्कको क्षमता विकासका लागि प्रयोग गर्ने सम्भावना छ।
यसो गरेर उनीहरु आफ्ना ग्राहकलाई बढी स्थीर सेवा सुनिश्चित गर्न खोज्नेछन्। त्यसपछि पनि इन्टरनेटको तीब्रता तपाईंको सेवा प्रदायकले ‘फाइभ जी’ को कुन स्पेक्ट्रम ब्याण्ड प्रयोग गर्छन् त्यसमा भर पर्छ। साथै, तपाईको सेवा प्रदायकहरुले नयाँ खम्बा र ट्रान्समिटरमा कति खर्च गरेका छन् त्यसमा पनि भर पर्छ।
कहिले आउनेछ यो सेवा ?
अधिकांश मुलुकले सन् २०२० भन्दा अघि ‘फाइभ जी’ सेवा ल्याउने सम्भावना कमै छ। तर यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन्। सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार फाइभ जी डेटा प्लानको मूल्य १ सय २८ देखि ५ सय ९९ युआनसम्म छ। चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए।
प्रयोगकर्ताको लागि चिन्ताको कुरा यही हो कि ‘फाइभ जी’ चलाउन नयाँ फोन सेट चाहिन्छ। यस अघि सन् २००९/१० मा ‘फोर जी’ ल्याईदाँ त्यसको लागि पूर्वाधारहरु पूर्ण रुपमा आउनु अघि नै बजारमा फोरजी स्मार्टफोन आइसकेको थियो। यसले सेवाग्राही माझ आफूले खराब सेवाको लागि बढी पैसा तिरेको भन्ने निराशा भाव निम्ताएको थियो।
इयान फगका अनुसार यो पटक फोन निर्माताहरु उही गल्ती नदोहो¥याउने कुरामा होसियार छन्। सन् २०१९ को अन्त्यतिर नेटवर्क पूर्ण रुपमा तयार भइसके पछि मात्र उनीहरु ‘फाइभ जी’ सेट ल्याउने सोचमा छन्। यी अघिल्लो पुस्ताका फोनहरु बढी स्थीर सेवाको लागि सहज रुपमा ‘फोर जी’ र ‘फाइभ जी’ बीचमा परिवर्तन गर्न सकिन्छ।
के यसले तार फोनको अन्त्य गर्नेछ ?
एक शब्दमा भन्दा – गर्दैन। टेलिकम कम्पनीहरुले अप्टिकल फाइबर र तामाको तारको लाइनहरुमा धेरै लगानी गरेका छन्। घरेलु र कार्यालय ब्रोडब्याण्ड सेवाहरु अझ धेरै समयको लागि मुख्यतः फिक्स लाइनमै सुचारु हुनेछन्। तथापी सँगसँगै स्थिर तारबिहिन सेवाहरु उपलब्ध हुन सक्छ। तथापी तारबिहिन सम्पर्क जति नै राम्रो भए पनि धेरै स्थायीत्व र सुनिश्चितताको लागि भौतिक तार नै मानिसहरुको रोजाईमा परिरहनेछ।
के यसले ग्रामिण क्षेत्रमा पनि काम गर्नेछ ?
विश्वभरी नै ग्रामिण क्षेत्रमा सिग्नलको अभाव र न्यून डाटा स्पिडको समान गुनासो सुनिन्छ। तर ‘फाइभ जी’ ले यो मुद्दालाई सम्बोधन गर्नेछैन। मुख्यतः यसको कारणमा यो उच्च फ्रिक्वेन्सी ब्याण्डमा संचालन हुन्छ। अरु धेरै क्षमता भए पनि यसले थोरै दुरीमात्र ओगट्छ।
‘फाइभ जी’ मुख्यत ‘उच्च घनत्व भएको सहरी क्षेत्रको सेवा’ हुनेछ। न्यून फ्रिक्वेन्सी ब्याण्ड (खासगरी ६००–८०० मेघाहर्ज) लामो दुरीको लागि राम्रो हुन्छ। त्यसैले ‘फाइभ जी’ आइसकेपछि पनि माथि उल्लेखित फ्रिक्वेन्सी ब्याण्डमा संचालन हुने भएकाले संचालकहरु ‘फोर जी एलटीई’ नेटवर्क सुधारमा केन्द्रित हुनेछन्।
यो व्यावसायिक यथार्थको अर्थ सुदुर ग्रामिण क्षेत्रमा बस्ने केही मानिसहरुको लागि सरकारले सहुलियत दिएर नेटवर्क प्रदायकहरु त्यी स्थानमा जान फाइदा हुने अवस्था नबनाएसम्म त्यहाँको नेटवर्क अवरोधपूर्णनै हुन्छ। एजेन्सी