काठमाडौँ– विवेकशील नेपाली दलले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कार्तिक १८ र १९ गते पोखरामा बसेको विवेकशील नेपालीको बैठकले उक्त निर्णय गरेको हो। कास्की बैदाम घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छन्।
यस्तै बैठकले वाग्लुङ २(ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन्।