एजेन्सी– हिन्दी चलचित्र ‘पति, पत्नी और ओ’ को ट्रेलर भर्खर मात्र सार्वजनिक भएको छ। चलचित्रमा नायक कार्तिक आर्यनको साथमा नायिकाद्धय भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ। चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ, त्यस्ता फिल्मलाई अश्लिल मानिन्छ। यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन्।
यो बिषयमा नायिका भूमि भन्छिन्,‘जब मैले यो चलचित्रको कथा पढेँ, मेरा सबै शंकाहरु हटेका थिए। यो चलचित्र निकै नै कमेडी कथामा छ, तर यसले खराब सन्देश भने दिदैन।’ यो चलचित्रले महिला र पुरुषको कथालाई समान रुपमा उठान गरेको उनको तर्क छ।
भूमिले अगाडि भनिन्,‘मलाई लाग्छ, यो चलचित्रसँग आवद्ध कोही पनि त्यो खालको शिक्षाबाट शिक्षित छैनन्। हामी, चलचित्रको कथालाई टुंग्याउँदा नै सेक्सलाई नै महत्व दिएर सकिनु हुँदैन भन्नेमा सचेत थियौं। जब मैले यो चलचित्रको कथा पढेँ, मलाई निकै नै सुन्दर लाग्यो।’
ट्रेलर हेर्दा ‘सेक्स’ नै मुख्य पाटो हो भन्ने लाग्न नदिन निर्माणटिम सचेत भएको र यसलाई ठूलो उपलब्धी मान्नुपर्ने भूमिको तर्क थियो।