बाजुरा– बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ।
स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः०० बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति र्पुयाएको छ। उहाँले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताउनुभयो।
नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताउनुभयो। नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उहाँले जनाउनुभयो।