एजेन्सी— गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ।
गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर बन्न पुगेको छ। विश्वमा क्रोम ब्राउजरका प्रयोगकर्ताहरु करोडौँ सङ्ख्यामा छन्।
ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ। उक्त जोखिम हटाउन गुगलले क्रोम ब्राउजरका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ।
गुगलका अनुसार क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने जनाएको छ।