काठमाडौं– नेपाली चलचित्रका ह्यान्सम नायक आकाश श्रेष्ठले आफ्नो जन्मदिन फ्यानसँग मनाएका छन्। फ्यानहरुले आयोजना गरेको विशेष कार्यक्रममा पुगेर उनले जन्मदिन मनाएका हुन्। नायक आकाश श्रेष्ठले जन्मदिनको अवसरमा फ्यानले दिएको मायाले आफूलाई निकै नै खुशी लागेको बताए। चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गर्ने योजना रहेको सुनाउँदै आकाशले एउटा कलाकारका लागि फ्यानको माया नै सवथोक भएको सुनाए।
उनका फ्यानहरुले आकाशको अभिनय, स्टाइल सबै मनपर्ने भन्दै जन्मदिन विशेष बनाएका थिए। जन्मदिनमा ‘आकाश–पूजा फ्यान क्लब’ ले आइफोन गिफ्ट दिएका थिए। आकाश अभिनित चलचित्र ‘पोई पर्यो काले’ अहिले हलमा चलिरहेको छ। व्यापारिक रुपमा राम्रो कमाई गर्न सफल चलचित्रका कारण पनि आकाश खुशी देखिएका थिए।
चलचित्र ‘म त तिम्रै हुँ’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक अहिले दर्शकमाझ लोकप्रिय छन्। उनी अभिनित ‘तिमी सँग, रामकहानी, पोई पर्यो काले, ब्ल्याक’ लगायतका चलचित्र रिलिज भैसकेका छन्। पछिल्लो समय नायिका पूजा शर्मा र उनको जोडीलाई निकै रुचाएका छन्।