काठमाडौं — पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल धार्मिक सहिष्णुताले विश्वमा नमुना रहेको बताएका छन्।
धार्मिक सहिष्णुता विषज्यक आयोजीत छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले आफू यूरोपियन मुलुकदेखि एशियन मुलुकमाहरु समेत घुम्दा काही पनि यस्तो देश नपाएको तर्क गरे।
“सय भन्दा बढी जाति बसोबास रहेको छ,तर कुनै मतभेद छैन,उनले भने “यो देश विश्वमा एकता प्रतीक हो।“ त्यसैले अब धर्मको माध्यमबाट दशेको आर्थिक विकासमा र्पुयाउन जरुरी रहेको उनको सुझाव छ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृह मन्त्री जनार्दन शर्माले नेपाल त सबै जातजातिको साझा फूलबारी रहेको जनाए। त्यतिमात्र नभइ अन्य आंतकबादको हिसाबले पनि नेपाल विश्वमा शान्त र सुन्दर देश रहेको उनले बताए।
कार्यक्रमका सहभागीहरुले धार्मिक सहिष्णुता कायम राख्नको लागि सबैले एक अर्काको सम्मान गर्दा धार्मिक सहिष्णुता कायम रहने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए।
विश्वमा पछिल्लो समय मुस्लिमहरुबारे सार्वजनिक हुँदै नकारात्मक दृष्टिकोणबारे चिरफार गर्ने उद्देश्यले छलफल कार्यक्रम राखिएको आयेजक ताजमहम्मद मियाँको भनाइ छ। पूर्वमन्त्रीदेखि सांसद तथा विदेशी कुटनीतिज्ञहरुको सहभागीतामा छलफल कार्यक्रम राखिएको थियो।