एजेन्सी– नेपाली यु–१९ फुटबल टोलीले एएफसी यू–१९ च्याम्पीयनसिप छनोटमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार इरानस्थित पिएस स्टेडियममा ३ बजे शुरु हुनेछ।
नेपाल पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा शुखद शुरुवात गर्ने दाउमा छ। बलियो प्रतिद्वन्दी युएईविरुद्ध यसअघिका कमजोरीलाई सुधारेर मैदान उत्रनेछ। यु–१८ साफमा खराब प्रदर्शन गरेको नेपालले त्यसपछि नयाँ प्रशिक्षकमा मेघराज केसीलाई नियुक्ति गरेको थियो।
समूह डी मा नेपाल, इरान, यूएई र किर्गिस्तान छन्। नेपाली टोलीको कप्तानमा रेजिन सुब्बा रहेकाा छन्। त्यस्तै नेपालको गोलकिपरमा विशाल राई, रोहित कार्की र पुजन होना छन्। डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नवीन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन्।
मिडफिल्डमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन छन्। फर्वाडमा मनिष डाँगी, राजिभ लोप्चन, कप्तान सुब्बा र दिपेश आले मगर रहेका छन्।