जुम्ला — एक करोड ५० लाखको लागतमा लोक सेवा आयोग जुम्लाको नयाँ भवन निर्माण भएको छ।
सम्झौता अनुसार नै दुईतले भवन निर्माण सम्पन्न भएको छ। कर्णालीकै सुविधा सम्पन्न नवनिर्मित भवनको लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरेका छन ।
आर्थिक वर्ष २०७४(०७५ मा ५१ लाख १० हजार ४ सय १२ रुपैयाँ लागतमा भुइँतला निर्माण भएको थियो। यस्तै १ करोड ८४ लाख २२ हजार ६ सय ७६ रुपैयाँ लागतमा दोस्रो तलाको निर्माण २०७६ कात्तिक १० गते सम्पन्न भएको हो।
अफिस कोठा, परीक्षा हल, शौचालय सुविधा सम्पन्न निर्माण भएका छन् । भवन निर्माण आचारसंहित अनुसार निर्माण गरिएको नयाँ भवन भुकम्प प्रतिरोधि रहेको छ।