काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिनको खेलमा नेपाललाई चौथो सफलता प्राप्त भएको छ।
नेपाललाई चौथो सफलता शरद भेषवाकरले दिलाएका हुन्। उनले अर्धशतक बनाएर खेलिरहेका माइल्स हामोण्डलाई ५२ रनमा आउट गराएका छन्। त्यसअघि नेपाललाई तेस्रो सफलता शरद भेषवाकरले नै दिलाएका थिए। उनले घातक बनिरहेका टोम वेस्टलीलाई ३९ रनमा एलबीडब्लुको धरापमा पारेका थिए।
यसअघि नेपालको लागि पहिलो र दोस्रो विकेट सोमपाल कामीले लिएका थिउ। पहिलो विकेछको रुपमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको हातबाट उत्कृष्ट क्याच आउट गराएका थिए। त्यस्तै दोस्रो विकेटको रुपमा सोमपालले क्रिजमा जमिरहेका विल रोड्सलाई ७३ रनमा आउट गरेका थिए।
एमसीसीले सामान्य शुरुवात गरेको थियो। टियु क्रिकेट मैदानमा भइरहेको खेलमा एमसीसीले जारी अवस्थामा ५३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको छ।