एजेन्सी– युईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले जेन्कलाई २–१ ले पराजित गरेको हो।
लिभरपुलको जितमा जर्जिन्हो विज्नल्डम र अक्सलेड चेम्वरलेनले गोल गरेका थिए। पाहुना टोली जेन्कको लागि एमवीवाना समताले सान्त्वना गोल फर्काएका थिए। एनफिल्डमा मंगलबार राति भएको खेलको १४ औं मिनेटमा लिभरपुलले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि जर्जिन्हो विज्नल्डमले गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा जेन्कका एमवीवानाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। रोमाञ्चक खेलको दोस्रो हाफमा लिभरपुलले थप एक गोल गरेको थियो। ५३ औं मिनेटमा अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा पुन अग्रता दिलाए। चेम्वरलेनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए।
त्यसपछि खेलमा थप गोल नहुँदा लिभरपुलले खेल २–१ गोलले जितेको हो। जितसँगै लिभरपुलको नटआउट चरणको नजिक पुगेको छ।