काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिनको खेलमा एमसीसी बलियो योगफलतर्फ अघि बढिरहेको छ।
मध्यम शुरुवात गरेको एमसीसीले सम्हालिएको प्रदर्शन गरिरहेको छ। जारी अवस्थामा एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको छ। एमसीसीका लागि विल रोड्सले ७३ रन बनाएका थिए। उनलाई दोस्रो विकेटको रुपमा सोमपाल कामीले आउट गराएका थिए।
त्यस्तै माइल्स हामोण्डले ५२ रन बनाएका थिए। उनलाई शरद भेषवाकरले आउट गराए। एमसीसीका टोम वेस्टलीलाई ३९ रनमा शरदले एलबीडब्लुको धरापमा पारेका थिए। पहिलो विकेटको रुपमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको हातबाट उत्कृष्ट क्याच आउट गराएका थिए।
अहिले क्रिजमा एमसीसीका विल भान्देरस्पर ३७ तथा इड योङ १६ रन बनाएर खेलिरहेका छन्।