धरान — प्रहरीले तास खेलिरहेका १० जना युवालाई धरानमा पक्राउ गरेको छ।
मंगलबार राति ११ बजे प्रहरीले धरान १४ को मण्डप चोकबाट ८४ हजार एक सय रुपैयाँसहित युवाहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान १४ का सोबित भुजेल, विकास राई (ए), मनोज राई, सुशील विश्वकर्मा, शम्भु चौधरी, अर्जुन तामाङ, रविन बर्देवा, सन्दीप मगर र विकास राई छन्।
उनीहरूलाई हिरासत लिएर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।