काठमाडाैं — भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक र ऐतिहासिक महत्त्वको सिंहदरबारको पुरानै स्वरूपमा रेट्रोफिटिङ अर्थात् प्रवलीकरण गर्ने कार्य जारी छ।
उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य अन्तिम चरणमा पुगेको भनिएका बेला हाल पश्चिम मोहडा अर्थात् जटिल मानिएको भवनको अग्रभागमा काम सुरु भएको हो।
युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले कैयन् सामाग्री यूकेबाट नै झिकाइ आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएको इतिहास छ। भुकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा लामो विवादका कारण यसको पुनर्निर्माण रोकिएको थियो।
पुरातात्विक महत्व कायम हुने गरी सिंहदरबारको प्रवलीकरण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। कतिपय निर्माण सामाग्रीहरूको अभाव हुनसक्ने चिन्ता व्यक्त भएका भने निर्माण कम्पनीले कुनै अवरोध नआए दुई वर्षभित्रै प्रबलीकरण सकिने जनाएको छ।
बीबीसी